तनहुँ २१, बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका–१, सत्रसयमा आइतबार बिहान सिलिण्डर ग्यास बिस्टफोट हुँदा दुई बालक घाईते भएका छन् । स्थानीय बिनोद विकको भान्सा कोठामा बिहान पौने आठ बजे सिलिण्डर ग्यास पड्कँदा उनका छोरा ११ बर्षका विवेक विक र सात वर्षका छोरा सरगम विक घाईते भएका हुन् ।
घाईतेमध्ये विवेक विकको शरिर र हातको केही भाग जलेको भने अर्का घाईते सरगम विकको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । उनीहरुको अहिले आँबुखैरेनी हाडजोर्नी अस्पतालमा उपचार भैरेहेको छ । सिलिण्डर ग्यास बिस्फोट हुँदा घरको अधिकांश भागमा क्षति पुगेको प्रहरीले जनाएको छ ।