Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा १४ बर्षिया बालिका माथि यौन दुव्र्यवहारको आरोपमा ५६ बर्षिय पुरुष पक्राउ


1.7K
Shares

गोरखामा १४ बर्षिया बालिका माथि यौन दुव्र्यवहारको आरोपमा ५६ बर्षिय पुरुष पक्राउ

गोरखा २१, बैशाख – बालिका माथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका वडा नम्बर १४ स्थित उपल्लो हटियामा एक १४ बर्षिय बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले स्थानीय ५६ बर्षिय गोपी बहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठले पसलमा सामान किन्न आएकी बालिकालाई यही बैशाख १८ गते सांँझ साडे ६ बजेको समयमा बिस्कुट खान दिने बाहानामा बालिकाको संबेदनशिल अंगहरुलाई छोई दुव्र्यवहार गरेको बालिकाकी आमाले आरोप लगाउनु भएको छ । घटनाको सम्बन्धमा प्रहरीमा बालिकाकी आमाले कारवाहीका लागि निवदेन दिएपछि श्रेष्ठलाई आज प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पक्राउ परेका श्रेष्ठ माथि बाल यौन दुरुपयोग अन्र्तगत मुद्दा दर्ता गरि जिल्ला अदालत गोरखाबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology