Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

एकाएक ओलीको पक्षमा बामदेव : पाल्पाबाट चुनाव लड्ने सहमति


1.6K
Shares

एकाएक ओलीको पक्षमा बामदेव : पाल्पाबाट चुनाव लड्ने सहमति

काठमाण्डौं २०, बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमका लागि पाल्पा निर्वाचन क्षेत्र नम्बर–१ खालि गराएर प्रतिनिधिसभामा लैजाने सहमति बनेपछि नेकपाभित्रको समिकरण फेरिएको हो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा लागेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गठबन्धनमा सामेल भएका उपाध्यक्ष बामदेव गौतम अन्तिम समयमा आएर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा पुग्नुभएको छ ।

पाल्पा निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित साँसद दलबहादुर रानालाई राजिनामा गर्न लगाएर उक्त क्षेत्रबाट गौतमलाई निर्वाचित गराएर प्रतिनिधिसभामा लैजाने महासचिव विष्णु पौडेलले तारतम्य मिलाएपछि गौतम प्रम ओलीको पक्षमा उभिनु भएको हो ।

गएको वुधबार बसेको सचिवालय वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदत्याग गर्नुपरे कोभिड १९ महामारीपछि बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने गरी पदत्याग गर्ने प्रस्ताव गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology