काठमाण्डौं २०, बैशाख । बहुचर्चित मानिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले जारी छ । बैठक अघि साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको नेकपाले जनाएको छ । नेकपाभित्रको अन्तर कलहपछि निर्णायक मानिएको सचिवालयको बैठकमा नयाँ व्यवस्थापन सहित सुरु भएको छ ।
आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डको कुर्सीसँगै राखिएको छ । यस केही समयसंगै राखिएको कुर्सी एकाएक हटाएर अध्यक्ष प्रचण्डले बस्ने कुर्सी अन्य सचिवालय सदस्य सरह व्यवस्था गरिएको थियो ।
आजको बैठकमा पार्टी भित्रको बिबाद समाधानका लागि प्रधानमन्त्री ओलीले गर्नुभएको प्रस्ताव तथा अर्का अध्यक्ष प्रचण्ड र माधब नेपाल समुहले उठाएको एजेण्डाको बिषयमा गम्भीर छलफल भइरहेको बताइएको छ ।