Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रधानमन्त्री बनाउने आश्वासन पाएका गौतम अचानक ओलीलाई भेट्न बालुवाटारमा


1.4K
Shares

प्रधानमन्त्री बनाउने आश्वासन पाएका गौतम अचानक ओलीलाई भेट्न बालुवाटारमा

काठमाण्डौ २०, बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका छन्। सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि गौतम केहीबेर अघिमात्रै बालुवाटार पुग्नुभएको छ ।

बुधवारको सचिवालय बैठकमा ओलीले भावी प्रधानमन्त्री तथा वरिष्ठ नेता नेपाललाई तेस्रो अध्यक्षका रुपमा प्रस्ताव अघि सारेपछि गौतम हौसिनु भएको छ। आफूलाई प्रधानमन्त्रीको प्रस्ताव अघि सारेपछि कानुनका जानकारहरुसँग वामदेवले छलफल समेत गरिसक्नु भएको छ ।

आज पार्टी सचिवालयको बस्नु अघि उहाँले प्रधानमन्त्री ओलीसंग छलफल र बैठकको तयारी बारे कुराकानी गर्नुभएको हो । बुधवारको सचिवालय बैठकपछि प्रधानमन्त्री ओलीले बिहीवार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, शुक्रवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको थियो ।

पार्टी सचिवालय बैठकमा आफू प्रचण्ड(नेपाल समूहबाट आफू घेराबन्दीमा पर्ने भएपछि ओली नेताहरुलाई फकाउने कसरतमा छन्। प्रचण्ड(नेपाल समूह टुटाउने प्रयासमा रहेको नेताहरु बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology