Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नेकपा आँबुखैरेनी गाउँपालिकाद्धारा कोरोना संक्रणमको रोकथामका लागि १ लाख १७ हजार सहयोग


1.2K
Shares

नेकपा आँबुखैरेनी गाउँपालिकाद्धारा कोरोना संक्रणमको रोकथामका लागि १ लाख १७ हजार सहयोग

आँबुखैरेनी, १९ बैंशाख । नेपाल कम्युनिष्ट पाटी आँबुखैरेनी गाउँ कमिटीले गाउँपालिकाको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा सबैभन्दा धेरै सहयोग रकम जम्मा गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैंलिएको कोरोना भाईरस रोकथाम तथा न्यूनिकरणको लागि गाउँपालिकाको सो कोषमा १ लाख १७ हजार ७ सय १७ रुपैंया सहयोग रकम जम्मा गरेको नेपाल कम्युनिष्ट पाटी आँबुखैरेनी गाउँ कमिटीका अध्यक्ष प्रेम तमुले जानकारी दिनुभयो ।

तमुको नेतृत्वमा गाउँपालिका कार्यालय गएको गाउँ पाटीका पदाधिकारीहरुको टोलीले गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापालाई राहत कोषमा जम्मा गर्ने गरी सो सहयोग रकम हस्तान्तरण गरेको गाउँपालिकाका सूचना प्रविधी अधिकृत निरज श्रेष्ठले जानकारी दिनुभयो । अहिले सम्म गाउँपालिकाको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा ४२ लाख ५० हजार ८ सय ९९ रुपैंया जम्मा भएको छ । यस्तै, आज नै नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौंड्ेलले गाउँपालिकालाई १ थान स्र्माट इन्फ्रारेड इलेक्ट्रोनिक थर्मोमिटर हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।

बिषम परिस्थितीमा गाउँपालिकाको राहत कोषमा सबै भन्दा धेरै रकम सहयोग गर्नुहुने नेपाल कम्युनिष्ट पाटी आँबुखैरेनी गाउँ कमिटी र १ थान स्र्माट इन्फ्रारेड इलेक्ट्रोनिक थर्मोमिटर सहयोग गर्नुहुने कांगे्रस केन्द्रिय सदस्य पौंडेललाई विज्ञप्ती मार्फत गाउँपालिकाले हार्दिक धन्यवाद ज्ञापन प्रकट गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology