Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

प्रधानमन्त्रीले नैतिक आधार गुमायो : काग्रेस


2K
Shares

प्रधानमन्त्रीले नैतिक आधार गुमायो : काग्रेस

काठमाण्डौ १८, बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने राजनैतिक र नैतिक आधार गुमाएको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आरोप लगाएको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले देश कोरोनाको त्रासमा रहेका बेला पार्टी फुटाउने अध्यादेश ल्याएको, सांसद अपहरणमा प्रधानमन्त्रीकै नाम मुछिएको भन्दै प्रधानमन्त्रीको आलोचना गरेको हो ।

अहिले प्रधानमन्त्री कोरोनाबाट जनतालाई जोगाउनेभन्दा आफ्नो कुर्सी जोगाउने खेलमा लागेको बैठकपछि कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले सीआइएनसँग बताउनुभयो । यसैवीच विभिन्न क्षेत्रका १० जना प्रवुद्ध नागरिकले संयुक्त प्रेस वक्तव्य जारी गर्दै मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयास तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मुलकमा कोरोना महामारीको जोखिमविरुद्ध संघर्षमा ध्यान दिनुपर्नेमा जोड दिँदै हिजो संयुक्त विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विज्ञप्ती जारी गर्नेमा डाक्टर अर्जुन कार्की, संविधानविद विपीन अधिकारी र पत्रकार कनकमणि दीक्षितसहित सुशील प्याकुरेल, जयप्रकाश गुप्ता, रामेश्वर खनाल, डा. रेणु अधिकारी, रेम विश्वकर्मा, सूर्यराज आचार्य र टीका ढकालसमेत रहेका छन् । उनिहरुले सरकारले संसदीय जवाफदेही रोज्नुको साटो अन्य विकल्प प्रयोग गर्न नहुने भन्दै नागरिक अगुवाले लोकतान्त्रिक अभ्यास तथा बिधि र प्रक्रिया सुनिश्चित गर्नेतर्फ राष्ट्रलाई तत्काल आश्वस्त गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology