काठमाण्डौं १७, बैशाख । बारामा एकैदिन दुई जनामा कोरोना संक्रमण देखिएपछी उनिहरु रहँदै आएको स्थान सिल अर्थात पूर्ण बन्द गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ जीतपुर र वडा नम्बर १९ ईनरुवासिरामा बस्दै आएका दुई जनामा संक्रमण भेटिएपछी प्रशासनले उक्त क्षेत्र सिल गरि उनिहरुको सम्पर्कमा आएकाहरुको खोजी सुरु गरेको छ ।
जीतपुरका ४३ वर्षिय पुरुषको परिवारलाई घरमै एकान्तबासमा बस्न भनिएको छ भने सिम्रौनगढ घर भई ईनरुवासिरास्थित मस्जीदमा बस्दै आएका ३५ वर्षिय मुस्लीम धर्मगुरुका सहयोगी १७ वर्षिय युवकलाई उपमहानगरको कोरोना विशेष अस्थाई अस्पतालको आईसोलेसनमा राखिएको छ ।
उनि बस्दै आएको मस्जीदको वरीपरीको क्षेत्रमा पूर्ण रुपमा आवतजावत बन्द गरि सम्पर्कमा आएकाहरुको पहिचान सुरु गरिएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिनुभयो ।