Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखा जिल्लामा ५ सय ६० जनामा कोरोना परीक्षण


2K
Shares

गोरखा जिल्लामा ५ सय ६० जनामा कोरोना परीक्षण

गोरखा १७, बैशाख । गोरखा जिल्ला भर ५ सय ६० जनाको ¥यापिड डाइगनेस्टिक टेस्ट बिधी मार्र्फत कोरोना परीक्षण गरिएको छ । जिल्ला प्रसासन कार्यालय गोरखाका अनुसार गोरखा जिल्ला भित्रका ११ वटै स्थानीय तहहरुमा बिदेशबाट आउने तथा सम्भावित कोरोनाको जोखिम भएका व्यक्तिहरुमा परीक्षण गरिएको हो ।

परीक्षण गरिएका मध्ये २ जनाको नेगेटिभ देखिएको भएपनि पिसिआर बिधीबाट पुनः परीक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टी भएको हो । गोरखा जिल्ला भित्रका कुल २८ जना व्यक्तिहरुको अहिलेसम्म पिसिआर बिधिबाट कोरोना परीक्षण गरिएको जिल्ला प्रसासन कार्यालय गोरखाका प्रशासकिय अघिकृत हर्कबहादुर रोकाले जानकारी दिनुभयो ।

जिल्ला भित्रका आन्तरिक जनशक्तिको परिचालन गरी ¥यापिड डाइगनेस्टिक टेस्ट बिधि मार्फत कोरोना परीक्षण गरिएको हो । अहिले पनि आबश्यकताका आधारमा गाउँपालिकाले माग गरे अनुसार आरडिटी किट उपलब्ध गराइएको स्वास्थ्य कार्यालय गोरखाको भनाई छ ।

कोरोना परीक्षणका लागि गाउँपालिका भित्रका स्वास्थ्य संस्थाका ल्याब टेक्निसियनलाई तालिम प्रदान गरिदै आएको छ । त्यस्तै गाउँपालिका भित्र १४ दिन क्वारेन्टाइनमा बसेकाहरुलाई ¥यापिड डाइगनेस्टिक टेस्टपछि घर फिर्ता गर्ने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology