एजेन्सी १७, बैशाख । अमेरिकामा कोरोनाका कारण गत २४ घण्टाको तुलनामा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनको संख्या बढेको छ । गत २४ घण्टामा अमेरिकामा १ हजार ३८३ को मृत्यु भएको थियो । तर पछिल्लो २४ घण्टामा यो संख्या बढेर २ हजार ४५६ पुगेको छ । अमेरिकामा मत्युको संख्या बढेसँगै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाृउनेको कुल संख्या पनि बढेको छ ।
पछिल्लो २४ घण्टामा विश्वभरमा ६ हजार ३५१ को ज्यान गएको छ । अघिल्लो २४ घण्टामा यो संख्या ४ हजार ५१६ मा सिमित थियो । गत २४ घण्टाको तुलनामा पछिललो २४ घण्टा संक्रमितको संख्या पनि उच्च छ । पछिल्लो २४ घण्टामा ७६ हजार ६८६ मो कोरोना संक्रमण पहिचान भएको छ । अघिल्लो दिन यो संख्या ६८ हजार ७०८ मात्रै थियो ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमणका कारण २ लाख १७ हजार ७८४ को ज्यान गइसकेको छ । कोरोनाले सबैभन्दा धेरै अमेरिकामा ५९ हजार २४६ को ज्यान गएको छ । इटलीमा २७ हजार ३५९ को मृत्यु भएको छ भने स्पेनमा २३ हजार ८२२ को ज्यान गइसकेको छ । कोरोना संक्रमणकै कारण फ्रान्समा २३ हजार ६६० को ज्यान गइसकेको छ भने बेलायतमा २१ हजार ६७८ को मृत्यु भइसककेको छ ।
हाल विश्वभर १९ लाख ६५ हजार २३४ कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५७ हजार ३०७ को अवस्था गम्भीर रहको छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।नेपालमा पनि कोरोना संक्रमण प्रवेश गरे पनि हालसम्म कसैको पनि ज्यान भने भएको छैन । ५४ जनामा संक्रमण देखिए पनि १६ जना निको भएर घर फर्किसकेका छन् ।