काठमाण्डौ १५, बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता माधव नेपालनिकट स्थायी कमिटी सदस्य रघुजी पन्तले अहिलेको विवाद साम्य पार्न बालुवाटारबाट प्रस्ताव नआएको जिकिर गर्नुभएको छ ।
उहाँले बिभिन्न सञ्चारमाध्यमहरु संग कुराकानी गर्दै बाहिर भनिए जस्तो प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रस्ताब आएको भन्ने कुरा सत्य नभएको बताउनु भएको हो ।
कतिपय सञ्चारमाध्यममा प्रधानमन्त्री केपी ओलीले नेता नेपाललाई अध्यक्ष बन्न, सहमतिमा मन्त्रिमण्डल गठन गर्न र मुख्यमन्त्री फेरबदल गरेर मिलेर अघि बढ्ने प्रस्ताव पठाएको समाचार आएका थिए।
सोमबार दिउँसो नेपाल निवास कोटेश्वरमा बसेको प्रधानमन्त्री ओली र नेपाल पक्षको बैठकमा र त्योभन्दा अगाडि पनि कुनै प्रस्ताव नआएको उहाँले स्पस्ट पार्नुभयो ।