पोखरा १५, बैशाख ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सोमबार सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीहरु बिच भिडियो बैठक गर्नुभएको छ ।
उक्त वैठकमा भूमि सम्वन्धि ऐन, आठौं संशोधन, भर्खरै गठन भएको भूमि समस्या समाधान आयोग सम्वन्धमा, सुकुम्वासी समस्या समाधान सम्वन्धमा, अव्यवस्थित वसोवासको व्यवस्थित गर्ने सम्वन्धमा, भूमिहिन, हलिया, मुक्त कमैया, हरुवा (चरुवा साथै विद्यमान भूमि व्यवस्था , सहकारी र गरिवि निवारण सम्वन्धमा छलफल भएको गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले जानकारी दिनुभयो।
उक्त भिडियो छलफलमा नव गठित भूमि समस्या समाधान आयोगका अध्यक्ष देवि प्रसाद ज्ञवाली पनि सहभागी हुनुभएको थियो