गोरखा १५, बैशाख । नेत्रबिक्रम चन्द (बिप्लव) समुहका लम्जुङ जिल्ला सेक्रेटरी योगेन्द्र कुमाललाई जिल्ला अदातल गोरखाको आदेशमा कारागार चलान गरिएको छ ।
जिल्ला अदालत गोरखाले तोकेको २० हजार रुपैया धरौटी बुझाउन नसक्दा नेता कुमाललाई कारागार चलान गरिएको हो । जिल्ला प्रहरी कार्यालय गोरखाले चैत २१ गते पक्राउ गरेका कुमाललाई सार्वजनिक शान्ति बिरुद्धको मुद्धामा चलाइएको थियो ।
यस अघि पनि नेता कुमाललाई प्रहरीले पटक पटक पक्राउ गर्दै छोड्दै आएको थियो ।