Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

प्रधानमन्त्री ओली र बरिष्ट नेता नेपाल पक्ष बिच कोटेश्वरमा गोप्य बैठक: मार्ग प्रसस्त सुझाब


1.1K
Shares

प्रधानमन्त्री ओली र बरिष्ट नेता नेपाल पक्ष बिच कोटेश्वरमा गोप्य बैठक: मार्ग प्रसस्त सुझाब

काठमाण्डौं १५, बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सोमवार कोटेश्वरमा लामो अनौपचारिक छलफल भएको छ ।

कोटेश्वरस्थित नेता नेपालको निवासनजिकै रहेको वन पैदावार उद्योग व्यवसायी महासंघको भवनमा भएको छलफलमा ओली पक्षबाट उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल तथा नेपाल पक्षबाट स्वयं नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायत सहभागी थिए ।

त्यसक्रममा आफूहरूले पार्टीभित्र देखिएको समस्यालाई निकास दिने दायित्व पार्टी अध्यक्ष एवं प्रधानमन्त्री भएको नाताले स्वयं प्रधानमन्त्रीको रहेकाले तत्काल निकास दिन आग्रह गरेको छलफलपछि नेता रघुजी पन्तले जानकारी दिनुभयो ।

नेता नेपाल पक्षले भोलिको लागि सचिवालय र त्यसबाट समाधान नभएका समस्या पर्सि सचिवालय बैठक बसेर छलफलबाट निकासको मार्ग प्रसस्त गर्न प्रधानमन्त्री ओलीलाई सुझाव समेत दिएको छ ।

‘पार्टीभित्र समस्या आएको छ, त्यसलाई निकास दिने काम पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीको भएको नाताले तत्काल सचिवालय र स्थायी कमिटी बैठक बोलाउन सुझाव दिएका छौं ।’ नेता पन्तले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology