Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

उत्तर कोरियाली नेता किम जोङ उन ‘जीवित र सकुशल’


1.5K
Shares

उत्तर कोरियाली नेता  किम जोङ उन ‘जीवित र सकुशल’

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन ‘जीवित र सकुशल’ रहेको दक्षिण कोरियाले बताएको छ। किम १३ अप्रिलयता वोन्सान इलाकामा बसिरहेको र कुनै शंकास्पद गतिविधि नदेखिएको दक्षिण कोरियाली राष्‍ट्रपतिका विदेश नीति सल्लाहकारले जानकारी दिएका छन् । नेता किमबारे निरन्तर अफवाह फैलिरहेको सन्दर्भमा दक्षिण कोरियाले उहाँको अवस्थाबारे आधिकारिक जानकारी सार्वजनिक गरेको हो।

सीएनएनका अनुसार नेता किम १३ अप्रिलयता वोन्सान इलाकामा बसिरहेको र कुनै शंकास्पद गतिविधि नदेखिएको दक्षिण कोरियाली राष्‍ट्रपति मुन जाए इनका विदेश नीति सल्लाहकार मुन चुङ इनले जानकारी दिनुभयो । हजुरबुवा किम इल सुङको जन्मजयन्तीमा अनुपस्थित भएपछि उत्तर कोरियाली नेताको स्वास्थ्य अवस्थाबारे अनेक अनुमान सार्वजनिक हुँदै आएका थिए।

यसअघि अमेरिकाले मुटुको शल्यक्रियापछि नेता किम गम्भीर स्वास्थ्य समस्यामा रहेकोबारे अमेरिकाले जासुसी संयन्त्रमार्फत निगरानी गरिरहेको जानकारी सार्वजनिक भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology