काठमाण्डौं १५, बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड १९ को पीसीआर प्रविधिको जाँचको दायरा बढाउन माग गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी, पूर्व स्वास्थ मन्त्रीहरु एवं स्वास्थ्य क्षेत्रका बिज्ञहरुसँग हिजो छलफल गर्दै सरकारलाई द्रुत जाँच भन्दा पनि पीसीआरको परीक्षाणमा जोड दिन सरकारसँग आग्रह गर्नु भएको हो ।
बैठक पछि कुराकानी गर्दै काँग्रेस सहमहामन्त्री प्रकाशसरण महतले भन्नुभयो । बैठकमा सभापति देउवाले पर्याप्त सुरक्षा सामग्री अभावका विच देशभरी कार्य गरिरहेका स्वास्थकर्मि र सुरक्षाकर्मीको प्रशंसा गर्दै कोरोनालाई स्वास्थकर्मीकै नेतृत्व र सुरक्षाकर्मिको समन्वयमा परास्त गर्नुपर्ने बताउनुभएको थियो ।