Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

प्रधानमन्त्रीको निर्देशनमा आफ्नै पार्टीका शिर्ष नेताहरुको निगरानी गर्न गुप्तचर परिचालन


1.8K
Shares

प्रधानमन्त्रीको निर्देशनमा आफ्नै पार्टीका शिर्ष नेताहरुको निगरानी गर्न गुप्तचर परिचालन

काठमाण्डौ १४, बैशाख । पछिल्लो राजनीतिक घटनाक्रमसँगै नेताहरु आफूविरुद्ध मोर्चाबन्दीमा लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटस्थसँगको छलफललाई तीव्रता दिनुभएको छ । उहाँले बालुवाटारमै आफूनिकटस्थसँगको छलफललाई तीव्रता दिनुभएको हो । स्रोतकाअनुसार सचिवालयका ६ नेताले ओलीविरुद्ध मोर्चाबन्दी गरेपछि ओली सशंकित हुनुभएको छ ।

वैशाख ११ गते सो पार्टीको नौ सदस्यीय सचिवालयमध्येका ६ जना नेताहरु ओलीको मनपरीविरुद्ध एकजुट भएर अघि बढ्ने निष्कर्षमा पुगेका थिए भने सोही बैठकबाट विवादास्पद राजनीतिक दलसम्बन्धी अध्यादेश र न्यायपरिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन ओलीमाथि कडा दवाव परेको थियो ।

त्यसको भोलिपल्ट ओली आफ्नो पूर्ववत निर्णयबाट पछि हट्दै अध्यादेश फिर्ता लिन बाध्य हुनुभएको थियो । ओली वैशाख ८ गते ल्याएको अध्यादेश १२ गते नै फिर्ता लिन बाध्य हुनुभयो ।

नेकपा सचिवालयमा अध्यक्षद्वय ओली, प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरु ईश्वर पोखरेल र रामबहादुर थापा बादल रहेका छन् । तर, पोखरल र बादलबाहेक अरु ओलीको साथमा छैनन् । उनीहरुले वैशाख ११ गते गौतम निवास भैसेपाटीमा ओलीविरुद्ध मोर्चाबन्दी गरेका हुन् ।

यस्तै त्यसको अघिल्लो दिन नेकपाकै २० स्थायी समिति सदस्यले ओलीकै कदमलाई लक्षित गर्दै ओली र प्रचण्डलाई पत्र बुझाएका थिए । सो पत्रमा तत्काल स्थायी कमिटीको बैठक गर्दै बिना छलफल अध्यादेश ल्याइएकोमा चर्को विरोध गरिएको थियो ।

यसरी पत्र बुझाउनेमा अष्टलक्ष्मी शाक्य, गणेश शाह, गोकर्ण विष्ट, चक्रपाणी खनाल जनार्दन शर्मा, टोपबहादुरर रायमाझी, देव गुरुग, देवेन्द्र पौडेल पम्फा भुषाल,बेदराम भुषाल भीम आचार्य, भीम रावल, मणि थापा, मात्रिका यादव, मुकुन्द न्यौपाने युवराज ज्ञवाली, रघु पन्त , लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे र हरिबोल गजुरेल रहेका छन् । जसमा ९ जना पूर्वएमाले र ११ जना पूर्वमाओवादी पूष्ठभूमिका नेताहरु रहेका थिए ।

एकपछि अर्को गलत निर्णय र त्यसमा पार्टीभित्रै बाटो आलोचना भएपछि पनि ओली अझै सच्चिने मूडमा नदेखिएको नेताहरु बताउछन् । बरु उहाँले नेताहरुमाथि निगरानी बढाउनु भएको छ । उच्च स्रोतका अनुसार उहाँले प्रधानमन्त्री कार्यालय मातहतमा रहेको राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) समेतलाई परिचालन गर्र्नुभएको छ । आफूविरुद्ध मोर्चाबन्दी गर्ने र आलोचना गर्ने नेताहरुमाथि नै ओलीले निगरानी बढाउन लगाउनु भएको स्रोतको दावी छ । त्यसका लागि उहाँले ले गुप्तचरका प्रमुख गणेश अधिकारीलाई कडा निर्देशन दिनुभएको छ। प्रधानमन्त्रीकै निर्देशनअनुसार उहाँले पार्टीकै नेताहरुको गतिविधिमाथि निगरानी थालेको बताइएको छ । ती नेताहरुबारे प्राप्त हुने सूचना अनधिकृतरुपमा अधिकारीले प्रधानमन्त्रीसम्म पुर्याउने गरेको स्रोतको भनाइ छ ।

ओलीले पार्टीभित्र नै राज्यसंयन्त्र परिचालन गरेपछि नेकपाका केही नेताहरुबीच यसबारे समेत छलफल भएको स्रोत बताउँछ। ‘ओलीले एक पछि अर्को अलोकप्रिय काम गरेको जगजाहेरै छ । हुँदाहुँदा उनको गलत कार्यलाई गलत भन्नेहरुलाई छानीछानी निगरानी गर्न लगाउनु भएको देखिएको छ । यसले पार्टीलाई थप समस्या पार्छ ।’ स्रोतले भन्यो ।

विभागका प्रमुख अधिकारी दिलीपराज रेग्मीलाई पाखा लगाउँदै कमाण्ड सम्हाल्न पुग्नु भएको थियो । उहाँ पूर्वएमाले निकटकै भएकाले पनि ओलीको निर्देशनमा अहिले खुरुखुरु जिम्मेवारी पूरा गर्न लागिपरेको मन्त्रिपरिषद् कार्यालय स्रोत बताउँछन् ।

कोटेश्वरस्थित माधव नेपालको निवास, हात्तीबनस्थित नाारायणकाजी श्रेष्ठको निवास, खुमलटारस्थित प्रचण्ड निवास, भैंसेपाटीस्थित वामदेव गौतमको निवास र डल्लुस्थित झलनाथ खनालको निवास गुप्तचरको विशेष निगरानीमा परेको स्रोतको भनाइ छ । यसविषयमा अधिकारीलाई पटक पटक सम्पर्क गर्दा सम्पर्कमा आउनु भएन

यता अध्यादेश प्रकरणसँगै नेकपाभित्र विवाद यति चर्किएको छ कि नेताहरुबीच भनाभनको अवस्था निम्तिन पुगेको छ । शनिबार मात्रै बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष मावदेवबीच चर्काचर्की भएको थियो ।

ओली र गौतमबीच शनिबारको भेटवार्तामा एकले अर्कालाई देखाइदिने सम्मको चुनौती दिनुभएको थियो । स्रोतका अनुसार भेटमा नेता गौतमले ओलीलाई बेमौसममा अध्यादेश ल्याएर पार्टी र सरकारकै बद्नाम भएको भन्दै तत्काल प्रधानमन्त्री पदबाट राजीनामा गर्न सुझाउनु भएको थियो ।
तर, गौतमको यस्तो सुझाव सुनेर आक्रोसित बनेका ओलीले यसको हिसाब किताब राम्रैसँग गर्ने जवाफ फर्काउनु भएको थियो ।
नेताहरुबीच बिबाद चर्कदै गएपछि एकले अर्कोलाई हैसियत देखाउनेसम्मका अभिव्यक्ति दिएका थिए ।

‘तपाईंले बेमौसममा अध्यादेश ल्याएर गम्भीर गल्ती गरिसक्नुभयो । यसमा तपाईंको मनस्थिति ठिक देखिएन । अब खुरुक्क राजीनामा दिनुस् र बालकोट गएर बस्नुस् । त्यसैमा तपाईंको भलो हुन्छ’, ओलीलाई गौतमको सुझाव थियो ।

तर गौतमको सुझाव सुनेपछि ओली आक्रोसित मात्र भएनन्, गौतमलाई देखाइदिने धम्की नै दिनुभएको थियो। ओलीले गौतमलाई धम्क्याउदै भन्नुभएको थियो, ‘यो त अति भो, पार्टीभित्रैबाट यस्तो षडयन्त्र हुन्छ भन्ने मैले सोचेको पनि थिइनँ । म राजीनामा कुनै हालतमा दिन्न । सक्नुहुन्छ भने हटाएर देखाउनुस् ।’

यसैगरी अर्का अध्यक्ष प्रचण्डसहित सत्तारुढ दलका अरु नेताहरु र र प्रतिपक्षी दलका केही नेताबीचको अस्भाविक भेटघाटले पनि ओलीलाई झस्काएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology