Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

पूर्व आइजिपी खनाल र सांसदद्य बस्नेत र श्रेष्ठ बिरुद्ध अपहरणको उजुरी लिन प्रहरीद्धारा अस्विकार


1.8K
Shares

पूर्व आइजिपी खनाल र सांसदद्य बस्नेत र श्रेष्ठ बिरुद्ध अपहरणको उजुरी लिन प्रहरीद्धारा अस्विकार

गोरखा १४, बैशाख । प्रहरीले पूर्व महानिरिक्षक सर्वेन्द्र खनाल लगायत दुई सांसदविरुद्ध अपहरणको उजुरी लिन अस्विकार गरेको छ । समाजवादी पार्टीले नेपालका नेता डा. बाबुराम भट्टराई सहितका नेताहरुले महानगरीय प्रहरी परिसर टेकुमा पुगेर अपहरणको मुद्धा दर्ता गर्न आग्रह गरेपनि प्रहरीले उजुरी दर्ता गर्न अस्विकार गरेको हो ।

उजुरी दर्ताका लागि पुगेका नेता कार्यकर्ताहरुलाई घटना महोत्तरीको भएकाले महोत्तरीमै गएर उजुरी दिन आग्रह गरेको थियो । समाजवादी पार्टीका तर्फबाट नेता बाबुराम भट्टराई, उपेन्द्र यादव, हिसिला यमी, अपहरण परेका भनिएका पूर्वराज्य मन्त्री सुरेन्द्र यादव लगायतका नेता कार्यकता महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए ।

बुधबार खनाल, नेकपा सासंदद्धय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठले पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौं ल्याइएको आरोप पार्टीले लगाउँदै आएको छ। मुलुकी अपराध संहिता ऐन २०७४ को भाग–२, परिच्छेद – १७ मा कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई नियन्त्रणमा लिन नमिल्ने व्यवस्था गरेको छ। यस्तो कार्यलाई अपहरण मानिएको छ।

अपहरणमा परेका भनिएका यादवले आफूलाई अपहरण गरेको नभने पनि झुक्याएर, दबाबमा काठमाडौं ल्याएको बताउँदै आउनु भएको छ। प्रहरीले उजुरी लिन अस्विकार गरेपछि पूर्वप्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले ट्विट गर्दै पिडित व्यक्तिले प्रहरीमा उजुरी दर्ता गर्न जाँदा पनि अस्विकार गर्नु बिडम्मना रहेको उल्लेख गर्नुभएको छ ।

ट्विट मार्फत डा. भट्टराईले उल्लेख गर्नुभएको छ, ‘यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित व्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology