Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रधानमन्त्री म बिच बाहिर आएजस्तो चर्काचर्की भएको छैन : नेता गौतम


1.8K
Shares

प्रधानमन्त्री म बिच बाहिर आएजस्तो चर्काचर्की भएको छैन : नेता गौतम

गोरखा १४, बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले आफु र प्रधानमन्त्री केपी शर्मा ओली बिच बाहिर टिकाटिप्पणी भएजस्तो बिबाद नभएको बताउनु भएको छ । बिभिन्न सञ्चारमाध्यमहरुमा आफु र प्रधानमन्त्री बिच पार्टी भित्रको बिभिन्न बिषयलाई लिएर चर्काचर्की भएको सन्र्दभलाई लिएर समाचार सार्वजनिक भइरहेका बेला उहाँले आज एक बिज्ञप्ती जारी गर्दै पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्रीलाई स्थायी कमिटिको बैठक बोलाउन सुझाव मात्र दिएको दावी गर्नुभएको छ ।

बिज्ञप्ती भनिएको छ, ‘पार्टी भित्र, पार्टी र सरकार बिच, अनि अन्य पार्टी र सरकार बिच उत्पन समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएका थिए, अध्यादेश खारेजपछि पनि अनेकौ समस्या पार्टी भित्र उत्पन्न भएका छन्, यि समस्या पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर होइन प्रधामन्त्रीले प्रत्यक्ष छलफल गरेर सवै किसिमको समाधान गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको हो ।’

त्यस्तै आफुले प्रधानमन्त्रीलाई सचिवालय, स्थायी कमिटी र आबश्यक परे केन्द्रिय कमिटीको बैठक बोलाउन सुझाव मात्र दिएको र साझा प्रयत्नबाट सामस्याको समाधान खोज्न आग्रह गरेको बिज्ञप्ती मार्फत जनाउनु भएको छ । बिज्ञप्तीमा नेता गौतमले आफ्नो सुझावलाई प्रधानमन्त्रीले धैर्यता पूर्वक सुन्नुभएको र थोरै कुराकानी मात्र गर्नुभएको भन्दै बाहिर आएजस्तो केही नभएको उल्लेख गर्नुभएको ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology