Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

नेता किमको उपचारका लागि चिनियाँ चिकित्सक टोली उत्तर कोरियातर्फ


2K
Shares

नेता किमको उपचारका लागि चिनियाँ चिकित्सक टोली उत्तर कोरियातर्फ

एजेन्सी १३, बैशाख । उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको स्वास्थ्य परामर्शका लागि चीनले त्यसतर्फ एक चिकित्सक टोली पठाएको खबर रोयटर्सले लेखेको छ। चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ सदस्यको नेतृत्वमा उक्त टोली बिहीबार त्यसतर्फ गएको हो। चिनियाँ सञ्चार माध्यले पनि त्यसको पुष्टी गरेको छ ।

पछिल्लो समय नेता किमको स्वास्थ्य स्थिति गम्भीर भएको समाचार आइरहेका छन्। एक उत्तर कोरियाली अनलाईनका अनुसार उहाँ बिस्तारै निको हुन थालेका छन्। तर कतिपय अन्तरराष्ट्रिय सञ्चार माध्यमले भने उहाँ चिन्ताजनक अवस्थामा रहेको समाचार सार्वजनिक गरिरहेका छन्।

यसैगरी दक्षिण कोरियाको खुफिया एजेन्सीका एक अधिकारीले नेता किम जिवितै रहेको र चाँडै उहाँ सार्वजनिक रूपमा देखिने बताएका छन्। तर उहाँको स्वास्थ्य स्थिति र चिनियाँ संलग्नताका बारे भने खुलाउन नचाहेको समाचारमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology