Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

पछिल्लो अपडेट : विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ९७ हजार नाघ्यो


1.9K
Shares

पछिल्लो अपडेट : विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ९७ हजार नाघ्यो

जेनेभा, एपी, एएफपी । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९७ हजारभन्दा बढीको मृत्यु भएको छ भने २८ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार शनिबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा विगत २४ घण्टाको अवधिमा १ हजार ९५९ जनाको मृत्यु भएको छ । यो सहित अमेरिकामा सबैभन्दा बढी ५२ हजार २१७ जनाको मृत्यु भएको छ ।
बम

युरोपेली मुलुकहरुमध्ये इटालीमा २५ हजार ९६९ जना, स्पेनमा २२ हजार ५२४ जना, फ्रान्समा २२ हजार २४५, बेलायतमा १९ हजार ५०६ जना, बेल्जियममा ६ हजार ६७९ जना, जर्मनीमा ५ हजार ७६० जना, नेदरल्यान्ड्समा ४ हजार २८९ जना, स्वीडेनमा २ हजार १५२ जना, स्वीट्जरल्यान्डमा १ हजार ५८९ जना, रसियामा ६१५ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा ५ हजार ५७४ जना, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा ३ हजार ७०४ जना, मेक्सिकोमा १ हजार २२१ जना, भारतमा ७७५, इन्डोनेसियामा ६८९ जना, इक्वेडरमा ५७६ जनाको मृत्यु भएको छ ।

कोरोनामहामारीको पछिल्लो स्थिति
क्र.सं          देश कूल संक्रमित       निको भएका      कूल मृत्यु
विश्वभर       २८,३३६९७                ८,०७,४६९        १,९७,३५४
१. अमेरिका ९,२५,७५८                  १,१०४३२         ५२,२१७
२. इटाली     १,९२,९९४                  ६०,४९८          २५,९६९
३.  स्पेन       २,१९,७६४                  ९२,३५५         २२,५२४
४. फ्रान्स       १,५९,८२८                  ४३,४९३         २२ ,२४५
५. बेलायत      १,४३,४६४                  ३४४ १९,       ५०६
६. बेल्जियम    ४४,२९३                     १०,१२२         ६६८९
दक्षिण एसियाली मुलुकहरु
१. भारत                २४,५३०              ५,४९८           ७७५
२. पाकिस्तान          ११,९४०               २,७५५          २५२
३. बंगलादेश           ४,६८९                ११२              १३१
४. अफगानिस्तान     १,३५१                १८८              ४३
५. श्रीलंका              ४२०                   ११६               ७
६. माल्दिभ्स           १२९                     १६               –
७. नेपाल                ४९                      ११                –
८. भूटान                ७                         ३                 –

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology