Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

साउदी अरबमा कोरा हान्ने सजाय खारेज


3.9K
Shares

साउदी अरबमा कोरा हान्ने सजाय खारेज

एजेन्सी १३, बैशाख । साउदी अरबमा कोरा हान्ने ‘छडीले हिर्काउने’ सजायलाई त्यहाँको सर्वोच्च अदालतले खारेज गरेको छ। आफ्नो निर्देशनमा अदालतले भनेको छ, ‘कोरा हान्ने सजायको विकल्पमा जेल सजाय अथवा जरिवाना तिराउनुपर्छ।’

मुस्लिम राष्ट्र साउदी अरबमा सार्वजनिक स्थलमा विभिन्न घटनामा दोषीलाई कोराले हिर्काउने चलन छ। यस सजाय महिलामा पनि लागू छ। मानव अधिकारवादीहरुले कोराले हिर्काउने सजायले मानवअधिकारको उल्लंघन गरेको बताउँदै आएका थिए।

कोरा हान्ने सजाय खारेज गरिनुलाई साउदीका राजा सलमान र उनका छोरा राजकुमार मोहम्मद बिन सलमानको सुधारको कार्यक्रमको रुपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology