Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

काठमाण्डौंमा अलपत्र परेकालाई ल्याउने अजिरकोट गाउँपालिकाको तयारी : शनिबारसम्म सम्र्पक गर्न अनुरोध


2.5K
Shares

काठमाण्डौंमा अलपत्र परेकालाई ल्याउने अजिरकोट गाउँपालिकाको तयारी : शनिबारसम्म सम्र्पक गर्न अनुरोध

गोरखा १२, बैशाख ।
गोरखाको अजिरकोट गाउँपालिकाले लडडाउनका कारण काठमाण्डौमा दैनिक गुजारा चलाउन कठिन भएका गाउँपालिका भित्रका नागरिकहरुलाई सावधानीका साथ ल्याउने भएको छ । गाउँपालिको हिजो एक सूचना जारी गर्दै काठमाण्डौमा दैनिक गुजारा चलाउन कठिन भई अलपत्र परेका अजिरकोटबासी नागरिकलाई निशुल्क यातायातको व्यवस्थागरी गाउँमा ल्याउने तयारी भएको जनाएको हो ।

सूचनामा जनाइएको अनुसार भोलीसम्ममा गाउँ आउन चाहानेहरुले सम्बन्धित वडाका वडाध्यक्षहरुलार्ई जानकारी गराउन भनिएको छ । जानकारी गराउदा मोवाईलबाट फोन वा एसएमस मार्फत पनि गाउँ आउन चाहानेहरुले आफ्नो नाम टिपाउन सक्नेछन् । भोली बेलुकासम्म नाम टिपाएकाहरुलाई बिबरण संकलन गरी यातायातको व्यवस्था मिलाई यथाशिग्र काठमाण्डौबाट अजिरकोट गाउँपालिका आउन व्यवस्था मिलाइने सूचनामा उल्लेख छ ।

त्यस्तै नाम टिपाएकाहरुलाई घर आउने समय र बसको व्यवस्थाबारे एसएमस मार्फत जानकारी गराइने र सोको बिबरण गाउँपालिकाको फेसबुक पेजमा पनि राखिने भएकाले त्यसबाट पनि बुझ्न सकिने जनाइएको छ । त्यसरी ल्याइने सवैको अजिरकोट प्रवेश गरे पश्चात स्वास्थ्य परीक्षण गरिने र सवैजना अनिबार्य होम क्वारेन्टाइनमा बस्नु गाउँपालिका प्रमख प्रशासकिय अधिकृत लोकेन्द्र ज्ञवालीद्धारा जारी सूचनामा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology