Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अजिरकोट गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान


4.7K
Shares

अजिरकोट गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान

गोरखा ११, बैशाख । कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरण तथा रोकथामका लागि अजीरकोट गाउँपालिका ४ सिम्जुङका धनबहादुर गुरुङले गाउँपालिकालाई स्वास्थ्य सहयोगी सामग्री प्रदान गर्नुभएको छ ।

गोगनपानी स्थायी घर भई हाल काठमाडौंमा पर्यटन ब्यबसाय गर्दै आएका गुरुङले आज गाउँपालिका कार्यालयमा पुगेर प्रत्येक स्वास्थ्य संस्थाका लागि भन्दै एकहजार थान सर्जिकल मास्क तथा १० लिटर सेनिटाइजर प्रदान गर्नुभएको हो ।

मुटु फाउण्डेशनका अध्यक्ष समेत रहेका गुरुङले गाउँपालिकाका अध्यक्ष फणिन्द्र धिताललाई सो सहयोगी सामग्री हस्तान्तरण गरेका गाउँपालिका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology