Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखाको मनास्लु संरक्षण क्षेत्रमा लोपोन्मुख गिद्ध भेटियो


2.1K
Shares

गोरखाको मनास्लु संरक्षण क्षेत्रमा लोपोन्मुख गिद्ध भेटियो

गोरखा ११, बैशाख -उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा पर्ने चुमनुव्री गाउँपालिका–३ सिर्दिवासको नाक्चेतमा लोपोन्मुख गिद्ध भेटिएको छ । एक स्थानीयबासीको घरमा बिरामी अवस्थामा गिद्ध फेला परेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) का प्रमुख नरेन्द्र लामाले जानकारी दिनुभयो । लोपोन्मुख गिद्धकोे उद्धार गरिएको गरिएको छ ।

घरमा गिद्ध आएर बसेपछि हिजो स्थानीयबासीहरुले सिर्दिबासको फिलिममा रहेको मनासलु संरक्षण क्षेत्रको कार्यालयलाई जानकारी गराएको थियो । कार्यालयमा जानकारी आए लगत्तै तत्कालै कर्मचारी पठाएर गिद्धको उद्धार गरिएको प्रमुख लामाको भनाई छ ।

‘घरमा भेटिएको गिद्ध उड्न समेत नसक्ने अबस्थामा थियो, उहाँले भन्नुभयो, गिद्धले आहार नपाएर हो वा बिरामी भएर हो स्पस्ट भएको छैन ।’ उक्त लोपोन्मुख गिद्धलाई संरक्षणका लागि पिँजडा भित्र राखिएको प्रमख लामाले जानकारी दिनुभयो । फेला परेको गिद्ध चितवन स्थित पन्छी संरक्षण संघ नेपालले संरक्षण गरेको राखेको पाइएको उहाँको भनाई छ ।

‘उक्त गिद्धको खुट्टामा ३९ नम्बरको ट्याग समेत लगाइएको रहेछ, प्रमुख लामाले भन्नुभयो, अहिले भेटेरिनरी चिकित्सकको सल्लाहमा अनुसार आहार दिएर राखिएको छ ।’ गिद्ध फेला परे लगत्तै सौराहामा रहेको जैबिक विविधता संरक्षण केन्द्रलाई समेत जानकारी गराई सकिएको उहाँले जानकारी दिनुभयो । अहिले गिद्धको स्वास्थ्य अबस्थामा बिस्तारै सुधार हुदै गएको लामाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology