Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

१४ दिन सामुहिक क्वारेन्टाइनमा बसेकालाई होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइयो


2.8K
Shares

१४ दिन सामुहिक क्वारेन्टाइनमा बसेकालाई होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइयो

गोरखा १०, बैशाख । गोरखाको शहिद लखन गाउँपालिकाले १४ दिन सामुहिक क्वारेन्टाइनमा बसेकाहरुलाई थप ७ दिन होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता गराई स्वास्थ्य परीक्षण पछि घर पठाएको छ । गाउँपालिकाद्धारा पालिका भित्रका बिभिन्न ३ वटा सामुहिक क्वारेन्टाइनमा बसेकाहरुलाई आज घर पठाइएको गाउँपालिका अध्यक्ष रमेशकुमार थापामगरले जानकारी दिनुभयो ।

गाउँपालिकाले जलदेवी माध्यामिक बिधालयको क्वारेन्टाइनमा बसेका ४ जना, हिमालय माध्यामिक बिधालयको क्वारेन्टाइनमा बसेका २ जना र रेन्जली महिला समुहको भवनमा बसेका १ जनालाई घर पठाएको उहाँले बताउनुभयो ।

बुङकोट स्वास्थ्य चौकीका ल्यावटेक्निसियन र गाउँपालिका स्वास्थ्यशाखाका प्रमुखको निगरानीमा ¥यापिड डाइगनोस्टिक टेस्ट गरी कोरोना नदेखिए उहाँहरुलाई होम क्वारेन्टाइनमा रहने गरी घर पठाइएको अध्यक्ष थापामगरले जानकारी दिनुभयो ।

होम क्वारेन्टाइनमा पठाइएका सवैलाई सम्बन्धित वडाका वडाध्यक्षको रहोबरमा पठाइएको उहाँले बताउनुभयो । होम क्वारेन्टाइनमा रहदा समेत सम्बन्धित वडाले नियमित अनुगमन गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology