Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रधानमन्त्रीका आश्चर्यजनक निर्णयपछि नेता नेपालको बिज्ञप्ती : पार्टी एकतामा आघात पुग्ने काम नेतृत्वले गर्नु हुदैन


1.8K
Shares

प्रधानमन्त्रीका आश्चर्यजनक निर्णयपछि नेता नेपालको बिज्ञप्ती :  पार्टी एकतामा आघात पुग्ने काम नेतृत्वले गर्नु हुदैन

काठमाडौं ९, बैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतामा आघात पुग्नसक्ने काम गर्न नहुने बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिन अप्रिल २२को अवसर पारेर मंगलबार एक वक्तव्य जारी गर्दै नेता नेपालले पार्टीलाई विधिका आधारमा अगाडि बढाउन नेतृत्वलाई आग्रह गर्नुभएको छ ।

हाल विकसित भएका कतिपय घटनाक्रमले पार्टी भित्र अनेकौं आशंका र चिन्ता उत्पन्न भएको पाइएको पनि नेता नेपालले आफ्नो वक्तव्यमा उल्लेख गर्नुभएको छ । यस्तो अवस्थामा हामीले सिंगो पार्टी पंक्तिलाई भावनात्मक रुपले एकतावद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नु पर्छ । पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आ–आफ्नो ठाउँबाट योगदान गर्न म सबैमा आग्रह गर्दछु,’ नेता नेपालले आफ्नो वक्तव्यमा उल्लेख गर्नुभएको छ ।

कोरोना भाइरस ९कोभिड १९०ले विश्वससहित नेपाललाई आक्रान्त पारिरहेको बेला सरकार तथा सरकारको नेतृत्व गरेको पार्टी र अन्य राजनीतिक दलका नेताको ध्यान पनि महामारीको संक्रमणविरुद्ध लड्ने काममा मात्रै केन्द्रित हुनुपर्नेमा नेपालले जोड दिनुभएको छ । उहाँले यस्तो विषम परिस्थितिमा सरकार र पार्टी कहिँबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानून शासनका मान्यतामा प्रहार हुने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टीको एकतामा आघात पुग्नसक्ने काम गर्न नहुने उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology