गोरखा ९ बैशाख । गोरखा जिल्लाका अधिकासं भागमा गएरातीदेखि बर्षा भइरहेको छ । गोरखा सदरमुकाम सहित जिल्लाका अधिकासं क्षेत्रमा मेघ गर्जन र हुरीबतास सहित वर्षा भइरहेको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले अहिले देशभरका अधिकांश ठाउँमा वर्षा भइरहेको हो । केहि दिन यो क्रम जारी रहने पनि विभागले जनाएको छ ।
मंगलबार विशेषगरी प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका धेरै जसो भागमा पानी परिरहेको छ । गए रातिदेखि परिरहे पनि आज मध्यान्हपछि भने मौसममा सुधार आउने पनि विभागले जनाएको छ ।
विभागका अनुसार बादल अहिले उत्तर पूर्वतिर सरिरहेकाले देशको पूर्वी भागमा चट्याङ, हुरीबतास र असिना पर्ने सम्भावना छ ।