Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

विराटनगरमा द्रुुत परीक्षण अर्थात आरडीटी कीट अभाव


8.3K
Shares

विराटनगरमा द्रुुत परीक्षण अर्थात आरडीटी कीट अभाव

काठमाण्डौैं ९, बैशाख । भारतसँग सीमा जोडीएको र कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको मोरङको विराटनगरमा द्रुुत जाँच अर्थात आरडीटी कीट अभाव भएको छ । कीट अभावका कारण कोरोना परीक्षण नै रोकिएको विराटनगर महानगरपालिकाले जनाएको हो ।

चार दिनअघिबाट सुरु भएको यो प्रविधिको जाँच आइतबार रोक्नुपरेको विराटनगर महानगरपालिकाका प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले जानकारी दिनुुभयो । प्रदेश सरकारसँग माग गरे पनि उपलव्ध नभएकाले रोक्दै काम गर्नुपरेको उहाँले बताउनुभयो । अहिलेसम्म एक सय ९८ जनाको परीक्षण भएको छ र कसैमा पनि कोरोना देखिएको छैन ।

अझै पाँच सयको हाराहारीमा रहेका नागरिकको परीक्षण गर्नुपर्ने भए पनि कीट नभएको महानगरपालिको भनाइ छ । १९ वडा रहेको महानगरपालिकामा चारवटा वडाबाट द्रुुत परिक्षण सुरु गरेकोमा कीट अभावले रोकिएको छ । केन्द्र सरकारले प्रदेश सरकारमार्फत स्थानीय तहलाई यस्ता उपकरण उपलव्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology