काठमाडौं ८, बैशाख । सरकारको पछिल्लो निर्णयपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन सम्बन्धी दुई वटा अध्यादेश राष्ट्रपतीबाट जारी भएपछि त्यसबारे छलफल गर्न काग्रेसले आकस्मिक बैठक डाकेको हो ।
बैठक मंगलबार विहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाका निवास बूढानीलकण्ठमा बस्ने पार्टी प्रबक्ता बिश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।