Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

अध्यादेश बेमौसमी बाजा: प्रमुख प्रतिपक्ष कांग्रेस


3.4K
Shares

अध्यादेश बेमौसमी बाजा: प्रमुख प्रतिपक्ष कांग्रेस

काठमाडौं ८, वैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याउनु बेमौसमी बाजा भएको प्रारम्भिक टिप्पणी गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्रीको निर्णय प्रति टिप्पणी गर्नुहुदै संसारकै ध्यान कोरोना महामारीमाथि विजय हासिल गर्नु रहेको भन्दै यो बेलामा अरु विषयमा ध्यान लगाउन नहुने उल्लेख गर्नुभएको छ । ‘बेमौसमी बाजा नबजाऔं, संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने हो ।

नेपाल देशका लागि पनि यतिबेला अन्य सबै विषय गौण छन् र गौण रहनुपर्छ । हाम्रो सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित रहनैपर्छ । प्रबक्ता शर्माले भन्नुभएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐनको परिच्छेद ६ मा रहेको दल त्यागसम्बन्धी व्यवस्था संशोधन गरी केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत मत पुर्‍याए दल त्याग गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology