एजेन्सी ७, बैशाख भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेल कोरोना भाइरसले कुनै जात, धर्म, रंग, भाषा अथवा सीमा नचिन्ने बताउनु भएको छ । उहाँले आइतबार लिंक्डइनमा एक सन्देश पोस्ट गर्दै यस्तो उल्लेख गर्नूभएको हो ।
प्रधानमन्त्री मोदीले भन्नभुएको छ, ‘जात, धर्म, रंग, भाषा, सीमा र भाइचाराको प्रधानतालाई चिन्दैन । त्यसकारण यस परिस्थितिमा सब एक भएर यसविरुद्ध लड्न अपिल गर्दछु ।उहाँले कोरोना भाइरसले सबैलाई समान रुपमा असर पार्ने बताउनुभयो।
प्रधानमन्त्री मोदीले व्यावसायिक जीवनको रुपरेखा परिवर्तन गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘मानिसहरुको घरमै कार्यालय स्थापना गरिएको छ । घरमै इन्टरनेट र नयाँ बैठक कक्ष बनेको छ ।
भारतमा कोरोना संक्रमितको संख्या १६ हजारभन्दा बढी पुगेको छ भने ५२० जनाको मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टामा १३ सयभन्दा बढी संक्रमित भएका छन् भने ३१ जनाको मृत्यु भएको छ ।