Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कोरोनालाई जित्दै नेपालका संक्रमित : कैलालीका २१ बर्षिय युवकलाई पनि उपचारपछि निको


1.6K
Shares

कोरोनालाई जित्दै नेपालका संक्रमित : कैलालीका २१ बर्षिय युवकलाई पनि उपचारपछि निको

धनगढी ७, बैशाख । नेपालमा कोरोना संक्रमितहरु एकपछि अर्को निको भएर फर्कदै छन् । संक्रमित भएका हालसम्मका ३१ जना बिरामी मध्ये आईतबारसम्ममा ४ जना बिरामी निको भएर घर फर्किएका हुन् ।

आज ( आइतबार कैलालीका कोरोना संक्रमित एक जना युवा आज अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक १६ दिन अस्पताल बसेपछि उहाँ पनि कोरोनालाई जितेर घर फर्किनु भएको हो । भारतबाट फर्किनु भएका ति युवकलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई डिस्चार्ज गर्न लागिएकोे सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले यस अघि शनिबार मात्रै काठमाण्डौको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराई रहेकी नेपालकी दोस्रो कोरोना संक्रमित १९ बर्षिय युवती प्रसिद्धि श्रेष्ठ पनि उपचार पछि निको भएर घर फर्किनु भएको थियो ।

त्यस्तै बाग्लुङकी ६५ बर्षिय बृद्धा पनि कोरोनालाई जितेर शनिबार नै घर फर्किसक्नु भएको छ । त्यस अघि नेपालका पहिलो कोरोना संक्रमित समेत उपचार पछि घर फकिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology