Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

सडकमा राखिएको सवै छेकबार हटाउन गण्डकी गाउँपालिकाको निर्देशन : नहटाए कारवाही गर्ने चेतावनी


2.8K
Shares

सडकमा राखिएको सवै छेकबार हटाउन गण्डकी गाउँपालिकाको निर्देशन  : नहटाए कारवाही गर्ने चेतावनी

गोरखा ७, बैशाख । गोरखाको गण्डकी गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्र प्रवेश गर्ने नाका, सडक तथा पुलमा राखिएका छेकबार हटाउन निर्देशन दिएको छ । गाउँपालिकाले आज -आइतबार- एक सूचना प्रकाशन गरी गाउँपालिका भित्र मानिस आवाज जावतमा रोक लगाउन भन्दै लगाइएका सम्पूर्ण छेकबार हटाउन निर्देशन दिएको हो ।

सरकारले देशभर लकडाउनको घोषणा गरेपछि डकडाउनमा मानिस ओहोरदोहोर गरेको भन्दै गण्डकी गाउँपालिका भित्रका धेरै जसो स्थानमा स्थानीयबासीहरुले सडक अबरुद्ध गर्दै आएका छन् । स्थानीयबासीहरुले टोलटोलमा मुडा तेस्र्याएर, बासको भाटा तेस्र्याएर, कतिपय ठाउँमा रुख समेत ढालेर सडक अबरुद्ध गर्दै आएका छन् ।

‘अतिआवश्स्यक कामले र विरामी बोक्ने एम्बुलेन्स एंव विरामी बोक्ने अन्य सवारी साधनहरुलाई असाध्यै असहज भएको गुनासो आएको छ, गाउँपालिका अध्यक्ष होमबहादुर राना मगरद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘गाउँपालिका भित्र विभिन्न ठाउँमा राखिएका सबै प्रकारका अवरोधहरु तत्काल हटाउन अनुरोध गर्दछु ।’

गाउँपालिकाले जारी गरेको सूचनामा सबै वडाका वडाध्यक्ष हरुलाई समेत आफ्नो वडा भित्रका सडक एंव गोरेटो बाटोमा राखिएका सबै प्रकारका अवरोधहरुलाई हटाउन सहजीकरण निर्देशन दिइएको छ । अवरोध नहटाए प्रचलित कानुन अनुसार सुरक्षा निकायको सहयोगमा गाउँपालिका परिवार अगाडी बढ्ने अध्यक्ष रानामगरले चेतावनी समेत दिनुभएको छ ।

गाउँपालिकाभित्रै एक वडाबाट अर्को वडामा र एक गाउँ टोलबाट अर्को गाउँटोलमा अति आबश्यक कामले समेत आउजाउ गर्न नसक्ने अबस्था भएपछि सञ्चारमाध्यमहरुमा त्यसको चर्को आलोचना हुन थालेपछि गोरखा जिल्ला भित्रका स्थानीयतहरुले आफैले राखेको छेकबार हटाउन निर्देशन दिन थालेका छन् । यस अघि गोरखा नगरपालिकाले पनि नगरक्षेत्र भित्रका सवै अबरोध हटाउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology