Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखाको पालुङटारमा हावाहुरीबाट करोडौको क्षति : ५० भन्दा बढि घरको छाना उडायो


5.5K
Shares

गोरखाको पालुङटारमा हावाहुरीबाट करोडौको क्षति : ५० भन्दा बढि घरको छाना उडायो

गोरखा ७, बैशाख । गोरखा जिल्लाको पालुङ्टार नगरपालिका– ७ च्याङ्ली मा बैशाख ५ गते साँझको बर्षा र हुरीबतासका कारण ५० भन्दा बढि घर र फलफूलमा क्षति पुग्दा करोडौंको नोक्सानी भएको छ । शनिबार साँझ करिब ५ बजेतिर एक्कासी हुरीबतास संगै बर्षा हुदा च्याङलीका ५० बढी घरको छाना उडाएको छ भने सयौ रोपनीमा क्षेत्रफलमा लगाइएको केरा तथा लिचीका बोटहरु भाँचिएर क्षति पुगेको छ ।

अहिले घरको क्षति मात्र निरीक्षण गरिएको र कृषि तर्फको क्षति कृषि प्राविधीकको साथमा भइरहेको पालुङ्टार नगरपालिकाले जनाएको छ ।
क्षति पुगेका घरहरुका परिवारलाई नगरप्रमुख दिपकबाबु कंडेल र वडाध्यक्ष बसन्तकुमार श्रेष्ठको पहलमा जिल्ला रेडक्रस शाखा गोरखाबाट त्रिपाल ल्याएर बितरण गर्नुभएको थियो।

हावाहुरीबाट अधिकाँश किसानहरुका बारीमा लगाइएको केरा तथा लिची का बोटहरु भाँचिएका छन भने केही लिचीका बोटहरु उखेलिएका छन् । केरा तथा लिचीको क्षतिका विषयमा पछि कृषि कार्यालयसँग समन्वय गरी राहातको व्यवस्थापन गर्ने तयारी भईरहेको छ । हावाहुरीले च्याङ्ली स्वास्थ्य चौकी भवनको पनि छाना उडाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology