Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नेकपाका केन्द्रिय सदस्य न्यौपाने लेख्नुहुन्छ ‘पुँजीपति वर्गसँग पसिनाको मर्म बुझ्ने चेतना नै हुँदैन’


1.7K
Shares

नेकपाका केन्द्रिय सदस्य न्यौपाने लेख्नुहुन्छ ‘पुँजीपति वर्गसँग पसिनाको मर्म बुझ्ने चेतना नै हुँदैन’

काठमाडौँ ७, बैशाख । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य पुजीपति वर्गसँग पसिनाको मर्म र मूल्य बुझ्ने चेतना नै नहुने धारणा ब्यक्त गर्नुभएको छ । अहिले लकडाउनका कारण मजदुरहरुले भोग्नु परेको दुखलाई सत्तामा बस्नेहरुले नदेखेको आरोप आइरहेको बेला नेता न्यौपानेको धारणा सार्वजनिक भएको हो।

उहाँले लेखेका छन्, ‘नाफा कमाउने उद्देश्यले शाषन सत्तामा पुगेका र तिनीहरुले नाफ कमाउने धन्दाबाट असीमित लुटिएकाहरु फरकफरक वस्तुगत धरातलमा बाँचेका हुन्छन्। त्यसकारण उनीहरुको चेतना र धारणा पनि त्यही अनुसार निर्माण हुन्छ। पूँजीपति वर्गले मजदुरहरुको समस्या बुझ्दैन किन कि उससँग पसिनाको मर्म र मूल्य बुझ्ने चेतना नै हुँदैन।’

‘‘मान्छे कुन ठाउँमा बसेको छ, उसले त्यही तहको वस्तुगत धरातल नियाल्छ, चेतना र विचार संगठित गर्छ। उहाँले अगाडि लेख्नु भएको छ । जस्तो बानेश्रवरको एकतले घरमा बसेर हेर्यो भने धोवीखोला मात्र देखिन्छ। दुई तलामाथि चढेर हेर्यो भने सिंहदरवारको पर्खाल देखिन्छ तर पाँचतले घरको छतमा गएर हेर्ने हो भने सिंहदरवारभित्र सेनाले परेड खेलेको समेत देख्न सकिन्छ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology