Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

मास्क लगाउन नमानेपछि बाबुले गरे छोराको हत्या


1.5K
Shares

मास्क लगाउन नमानेपछि बाबुले गरे छोराको हत्या

एजेन्सी ७ बैशाख । कोरोना संक्रमणको खतराका बीच मास्क लगाउन अस्विकार गर्दा भारतको पश्चिम बंगालमा ७८ वर्षे बुवाले छोराको हत्या गरेका छन् । छोराको हत्या गरेपछि बुवाले थाना पुगेर आत्मसमर्पण गरेका छन् ।

भारतीय मिडिया भास्करका अनुसार कोलकाताको शोवाबाजार इलाकामा बंशीधर मलिक आफ्नो परिवारसँगै बस्छन् । उनी शनिबार बेलुका ७ बजे श्यामपुकुर थाना पुगे । त्यहाँ उनले प्रहरी अधिकारीलाई आफूले ४५ वर्षे छोराको घाँटी कपडाले कसेर हत्या गरेको जानकारी दिए ।

उनका अनुसार उनका छोरा दैनिकजसो बेलुका मास्क नलगाई घर बाहिर जाने गरेको र आफूले यसका लागि गाली गर्दासमेत नमानेपछि रिसको झोंकमा छोराको हत्या गरिदिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology