Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

चिनको उहानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दोब्बर रहेको खुलासा


1.6K
Shares

चिनको उहानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दोब्बर रहेको खुलासा

एजेन्सी ५, बैशाख । अहिले विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरसको उद्गमस्थल चीनको उहान सहरमा मृत्यु भएका मानिसको संख्या यसअघि भनिएको भन्दा दोब्बर रहेको खुलेको छ। यसअघि संकलित तथ्यांक भूलवश गलत भएको भन्दै उहान सहरले कोरोनाका कारण मृत्यु भएकाको संख्यामा १ हजार २ सय ९० थप्दै कूल मृतक ३ हजार ८ सय ६९ रहेको जनाएको हो।

यो नयाँ मृतक नभई पहिलेकै संख्या गलत टिपाइएकाले अहिले बढेको देखिएको भन्दै चीनका अधिकारीले यसबाट नआत्तिन नागरिकलाई आग्रह गरेका छन्। कोरोना महामारीका बखत उहानका केही अस्पतालमा बिरामीको अत्यधिक चाप भएकाले ती अस्पतालले मृत्यु भएकाको संख्या सही टिपाउन नसकेकाले अहिले पुनः संख्या संशोधन गर्दा ५० प्रतिशत नै बढी देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

यस्तै संक्रमितको संख्या पनि ३ सय २५ थपिएको समाचारमा उल्लेख छ। योसँगै उहानमा कोरोना संक्रमितको संख्या ५० हजार ३ सय ३३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology