Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

गोरखा र चितवन जोड्ने पिस्लिङ पुलमा पनि छेकबार : गोरखाबाट तरकारी बिक्रिका लागि लैजान पनि रोक


2.6K
Shares

गोरखा र चितवन जोड्ने पिस्लिङ पुलमा पनि छेकबार : गोरखाबाट तरकारी  बिक्रिका लागि लैजान पनि रोक

गोरखा ५, बैशाख । गोरखाको गण्डकी गाउँपालिका लगायतका क्षेत्रबाट बिक्रि लागि लगिएको तरकारी बजारसम्म पु¥याउन रोक लगाइएको छ । लडडाउनको बाहाना देखाउदै गोरखा गण्डकी गाउँपालिका क्षेत्रमा उत्पादन भएका तरकारी बिक्रिका लागि लैजादै गर्दा चितवनको इच्छा कामना गाउँपालिका– ३ फिस्लिङका स्थानीयबासीले पुल वारी नै रोकेका हुन् ।

गण्डकी गाउँपालिकाको एक मात्र तरकारी बजार तरकारी लैजान रोक लगाएपछि किसानहरु मर्कामा परेका छन् । लकडाउनको बाहाना देखाउदै त्यहाँ स्थानीयबासिन्दाहरुले तरकारी पारी लैजान नदिएका किसानहरुको भनाई छ । स्थानीयबासीहरुले फिस्लिङमा रहेको तरकारी बजार समेत बन्द गराएको बताइएको छ । गण्डकी गाउँपालिकाबाट झारेका तरकारीहरु आज पुल पारी नै रोकिएको गण्डकी गाउँपालिका वडा नम्बर ६ अध्यक्ष जीवन गुरुङले जानकारी दिनुभयो ।

चितवनको इच्छाकामना गाउँपालिका र गोरखाको गण्डकी गाउँपालिकाले समय तोकेरै विहान बेलुका केही घण्टा किसानका तरकारी बजार सम्म ल्याउनका लागि छुट दिएपनि कोेरोनाको त्रास बढेको भन्दै स्थानीयले नैबन्द गराएपछि किसानहरु थप मर्कामा परेका हुन् । यस अघि चितवनको इच्छाकामना गाउँपालिकाले विहान ६ बजेदेखि विहान ९: ३० बजे सम्म र साँझ ४ बजे देखि ६ बजेसम्म तथा गोरखाको गण्डकी गाउँपालिकाले बिहान ७ बजेदेखि १० बजेसम्म ३ घण्टाको लागि स्थानीय किसानको तरकारी बजारसम्म लैजानका लागि खुल्ला गरेको थियो ।

तर फिस्लिङका स्थानीयले बजारमा तरकारी विक्री वितरणमा रोक लागउनुका साथै गोरखाबाट तरकारी ल्याउने पुलमा बार नै लगाएर बाटो अबरुद्ध पारेका छन् । फिस्लिङ चितवनको इच्छाकामना गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका र धादिङको वेनीघाट रोराङ गाउँपालिकाको तरकारी विक्री वितरण गर्ने मुख्य बजार हो । अहिले तीनओटै गाउँपालिकाका किसानहरु मर्कामा परेका छन् । बाटो अबरुद्ध हुन थालेपछि किसानहरुले उत्पादन गरेका तरकारीबालीहरु बोटमै कुहिने अवस्था आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology