काठमाण्डौ ५, बैशाख । कोरोना भाइरस (कोभिड १९) सर्न सक्ने खतरालाई ध्यान दिदै भारतमा सार्वजनिक ठाँउमा थुक्न रोक लगाइएको छ । भारतीय गृह मन्त्रालयले केन्द्रीय अधिनियम अनुसार यसमा प्रतिबन्ध लगाएको हो ।
कैयौँ राज्यले सार्वजनिक ठाउँमा थुक्नेलाई जरिबाना पनि तोकेको छ । मुम्बईमा केही व्यक्तिले सार्वजनिक ठाउँमा थुके एक हजार भारतीय रुपैयाँ जरिबाना तिराइने गरिएको छ । राजधानी दिल्लीमा यसको लागि दुई हजार भारु जरिबाना तोकिएको छ ।
भारतमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म चार सयभन्दा धेरैको ज्यान गएको छ भने १३ हजारभन्दा धेरैमा सङ्क्रमण भएको छ ।