Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बेलायतमा लकडाउन तीन हप्ता थपियो


1K
Shares

बेलायतमा लकडाउन तीन हप्ता थपियो

एजेन्सी ५,वैशाख। बेलायत सरकारले कोरोनाभाइरस संक्रमणको विस्तार रोक्न थप तीन हप्ता लकडाउन कायम राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाभाइरसको उपचारकै क्रममा रहेका कारण विदेशमन्त्री डोमिनिक राबले सरकारको निर्णय सार्वजनिक गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘आपतकालीन अवस्थाका लागि वैज्ञानिक सल्लाहकार समूहले तत्काल लकडाउन हटाउँदा जनस्वास्थ्य र अर्थतन्त्र दुबैलाई नोक्सान पुर्याउने सुझाव दिएको छ । यसैले कम्तिमा अर्को तीन सातासम्म हालको व्यवस्था यथावत रहनेछ ।’ उहाँले यी उपायहरूमा छुट दिन पाँच प्रमुख शर्तहरू अघि सार्नु भएको छ।

ती शर्तहरुमा बिरामीहरूको बढ्दो संख्यालाई सामना गर्न राष्ट्रिय स्वास्थ्य सेवाको क्षमता विकास भएको हुनुपर्ने, कोरोनाभाइरस–सम्बन्धित मृत्यु दरहरूमा एक दिगो र लगातार न्यून भएको ठोस प्रमाण हुनुपर्ने, संक्रमणको दर प्रबन्धनीय स्तरमा घट्दै गएको हुनुपर्ने, आवश्यक संशाधनहरूको उपलब्धता र परीक्षण क्षमता पर्याप्त रहेको देखिनुपर्ने तथा संक्रमणको दोस्रो लहरमा प्रवेश नहुने सुनिश्चित हुनुपर्ने रहेका छन् ।

हालसम्म बेलायतमा कोरोना संक्रमितको संख्या एक लाख तीन हजार नाघेको छ भने झण्डै १४ हजारको ज्यान गएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology