Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

खान र घरभाडा तिर्न समस्यामा परेकाहरुको सरकारले समस्या समाधान गर्नुपर्छ :नेकपा प्रवक्ता श्रेष्ठ


3K
Shares

खान र घरभाडा तिर्न समस्यामा परेकाहरुको सरकारले समस्या समाधान गर्नुपर्छ :नेकपा प्रवक्ता श्रेष्ठ

काठमाण्डौ ५, बैशाख । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले खाना र घरघाडा तिर्न समस्यामा परेकाहरूको समस्या समाधान गर्नुपर्ने बताउनु भएको छ ।

लकडाउनका कारण रोजगारी गुमाएकाहरूको समस्याप्रति राष्ट्रियसभा सदस्यसमेत रहेका श्रेष्ठले रोजगार गुमाएकाकै आम्दानीबाट मात्र परिवारका अन्य सदस्य बाँच्नसक्ने स्थिति भए त्यसतर्फ पनि सरकारको पहल आवश्यक रहेको उल्लेख गर्नुभएको हो ।

उहाँले लडकाउनकै अवस्थामा घर जान पैदल यात्रामा निस्केकाहरूको दुखः व्यथा अनुभूत गरेको बताउँदै सम्बन्धित स्थानीय सरकारले सम्पर्क गरी सहज ढङ्गले घरमा लैजाने व्यवस्था गर्न अनुरोध समेत गर्नुभएको छ ।

‘बास बसेका ठाँउहरूमा त्यहाँको स्थानीय सरकारले क्वारेन्टाइनको अवस्था रहने गरी खाना र बास मिलाऔं,’ प्रवक्ता श्रेष्ठले ट्वीटमा गर्दै भन्नुभएको छ । उहाँले कोही पनि आफू बस्ने गरेको ठाउँबाट ननिस्किन र लकडाउनको कडाईपूर्वक पालना गरी स्व–क्वारेन्टाइनमा बस्न आग्रह पनि गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology