काठमाण्डौ ४, बैशाख । ड्युटी सकेर फर्किने क्रममा त्रिवि शिक्षण अस्पतालमा कार्यारत चिकित्सक माथि प्रहरीले कुटपिट गरेको छ। गएराती तीन जना आवासीय चिकित्सक अस्पतालबाट फर्किँने क्रममा कुटपिट भएको राष्ट्रिय आवासीय चिकित्सक संघले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ।
कान्ति अस्पतालको पछाडि रहेको ओरालोमा प्रहरीले कुटपिट गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। परिचयपत्र र अस्पतालबाट फर्किएको जानकारी गराउँदा पनि प्रहरी गाली गर्दै कुटपिट गरेको हो।प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ।
घटनाको छानविन गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले समिति गठन गरेको छ।