गोरखा ४, बैशाख – गोरखामा जिल्लामा डकडाउन उल्लंघन गर्नेको संख्या बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारी नै सडकमा छड्के चेकजाँचमा पुग्नु भएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल सहितको टोलीले गोरखा सदरमुकाम प्रबेश गर्न मुख्य नाका गोरखा मझुवा सडक खण्डमा सवारी चेकजाँच गर्न पुग्नु भएको हो ।
चेकजाँचका क्रममा बलेरो जिपले डकडाउनका उल्लंघन गर्दै यात्रु बोकेको पाइएपछि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बा २१ च ६३०४ नम्बरले लकडाउनको अबज्ञा गर्दै यात्रु बोकेको पाइएको प्रहरीले जनाएको छ । त्यस्तै ना ४ च ४३१३ र ग ३ च १८०८ नम्बरको एम्बुलेन्सले समेत बिरामी यात्रु समेत बोकेको पाइएको प्रहरीले जनाएको छ ।
यात्रु बोक्ने दुवै एम्बुलेन्सलाई पनि नियन्त्रणमा लिइएको प्रहरीको जनाएको छ । नियन्त्रणमा लिईएका सवै सवारी साधनमाथी आबश्यक कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाई छ । छड्के चेकजाँचमा प्रजिअ पौडेल सहित जिल्ला प्रहरी कार्यालय गोरखामा प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी लगायत पुगेका थिए ।