आणविक हतियार सँगै जैविक र रासायनिक हतियार उत्पादन गरी विश्वमा एकछत्र राज गरिरहेको अमेरीकाले नै कोरोनाभाइरस उत्पादन गरेको वैज्ञानिक ईग्नोर निकुलिनले दावी गर्नुभएको छ । उहाँले कोराना भाईरस अमेरिकाको जैविक हतियार भएको पनि बताउनुभएको छ । संयुक्त राष्ट्रसंघका जैविक तथा रासायनिक हतियारका सल्लाहकार ईग्नोर निकुलिनले अमेरिकाले जैविक हतियारको रुपमा कोरानाभाइरस उत्पादन गरेको बताउँदै त्यसको अरु रुपान्तरित संस्करण पनि तयार गरेको दाबी गर्नुभएको छ ।
निकुलिन राष्ट्रसंघका भूतपूर्व महासचिव कोफि अन्नानका जैवीक तथा रासयनिक हतियारका सल्लाहकार हुनुुहुन्छ । उहाँ रुसी वैज्ञानिक हनुहुन्छ । कोरोनाभाइरस अमेरिकामा उत्पादन गरेर चीनमा छोडिएको निकुलिनले बताउनुभयो ।
चीनमा कोरोना देखा पर्नासाथ अमेरिकाले गणीतिय रुपमा फरवरी महिनासम्म २ लाख मानिस संक्रमित हुने र १ लाख मर्ने भविश्यवाणी गर्नु, भाईरसले फरकफरक खालको स्वभाव देखाउनु, कतै रुघाखोकि लाग्नु र कतै कुनै लक्षण नदेखिएर यसले मानिस मार्नु, एकपटक निको भइसकेका व्यक्तिहरुमा यो पुनः संक्रमित हुनुजस्ता कुराहरुले यो भाईरस प्राकृतिक नभएको पुष्टि हुने उहाँको दाबी छ ।
कोरोना चीनलाई लक्षित गरेर बनाईएको र यसको असर अमेरिकामासम्म आईपुग्ने सोँच नबनाएको कारणले अमेरिका आफैले उत्पादन गरेको हतियारको शिकार भएको निकुलिनले बताउनुभयो । उहाँले अमेरीकी राष्ट्रपति ट्रम्पले सुरुमा भाईरसले पुर्याउन सक्ने क्षतिका बारेमा विश्व स्वास्थ्य संगठन र चीनले दिएको चेतावनीलाई उडाउनुको कारण उहाँले यो भाईरसले अमेरिकामा असर गर्दैन भन्नेमा ढुक्क भएको बताउनुभयो ।
चीन अनुसासित र दृढ संकल्प नभएको भए यो आक्रमणबाट स्वाहा हुने थियो भन्ने पनि उहाँको दाबी छ ।चीनबाट सुरु हुनु संयोगमात्रै नभएको बताउँदै निकोलिनले बताउनुभयो । उहाँले अमेरिकी गुप्तचर संस्था सिआईएले सन् २०१५ मा तयार पारेको रीपोर्टमा पनि सन् २०२० मा ठूलो महामारी पैदा हुने र त्यो चीनको सेरोफेरोबाट विकास हुने भविष्यवाणाी गरिएको छ ।
रिपोर्टमा महामारीपछि सन् २०२५ तिरको विश्वको तस्वीर प्रस्तुत गरिएको छ । यसले पनि के देखाउँछ भने कोरोना जैविक हतियारको रुपमा अमेरिकाले तयार गरेको हो ।