Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखाको सिरानचोकमा बिदेशबाट फकिएर सम्पर्कमा नआउने र लुक्ने गरेपछि बिशेष अभियान


4.7K
Shares

गोरखाको सिरानचोकमा बिदेशबाट फकिएर सम्पर्कमा नआउने र लुक्ने गरेपछि बिशेष अभियान

गोरखा ३ बैशाख- गोरखाको सिरान्चोक गाउँपालिकाले बिदेशबाट फर्किएका मानिस सम्पर्कमा आउन नचाहने र लुक्ने गरेपछि विशेष अभियान सञ्चालन गरेको छ । सबै वडामा कोरोना प्रतिकार्य समूह गठन गरेर उनीहरुको पहिचान गर्न लागेको हो । पालिकाभित्र रहेको आठ वटा वडामा एक सय ५२ समूह गठन गरेर ६ सय आठ जना स्वयसेवक खटाएको गाउँपालिकाले जनाएको छ ।

पालिका भित्रिने नाकामा समेत ढाँट राखिएको छ । कतिपयलाई सोधपुछ गरेर मात्र मानिस आउजाउ गर्न दिइएको नगरउपप्रमुख रीता देवकोटाले बताउनुभयो । समूहले बाहिरबाट आएका मानिसको अभिलेख राख्ने, क्वारेन्टाइनमा बस्न लगाउने र निगरानी गर्ने गर्दै आएको छ ।

वडासँग समन्वय गरेर वडाध्यक्षको निर्देशन बमोजिम समूहले काम गर्ने पालिकाले जनाएको छ । कोरोना भाइरस रोकथामका लागि पालिकाले जात्रा तथा पूजामा रोक लगाइसकेको छ । सामाजिक दुरी कायम गरेर मेलापात गर्न पनि आग्रह गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology