गोरखा ३, बैशाख- जिल्ला प्रसासन कार्यालय गोरखाले बुधबारदेखि डकडाउनको अबधीमा सञ्चालन हुने अत्याबश्यक सवारी साधनलाई इपास उपलब्ध गराउने भएको छ ।
कार्यालयले बुधबार एक सूचना जारी गर्दै अबदेखि अत्याबश्यक सवारी साधनलाई इपास उपलब्ध गराउने जनाएको हो । कार्यालयले खाद्यान्य, औषधी लगायतका अत्याबश्यक सामाग्री सहज, सरल बनाउनका लागि इपास उपलब्ध गराउने तयारी गरेको हो ।
पास लिनका लागि मोवाईलको म्यासेज बक्समा गई १११२ मा म्यासेज गर्नुपर्नेछ र त्यहीँ कोडका आधारमा प्राप्त निर्देशन अनुसार फर्म भरेपछि आबश्यकताको आधारमा कार्यालयले पास उपलब्ध गराउने कार्यालयले जनाएको छ ।
यस अघि लडडाउन अबधीभरका लागि जारी गरिएको सवारी अनुमती लिनेहरुले भने इपास लिन नपर्ने जनाइएको छ ।