Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

खाद्यान्य सहयोग नलिने शहिद लखन गाउँपालिकाको निर्णय


4K
Shares

खाद्यान्य सहयोग नलिने शहिद लखन गाउँपालिकाको निर्णय

गोरखा ३, बैशाख – गोरखाको सहिद लखन गाउँपालिकाले खाद्यान्न सहयोग नलिने भएको छ । लकडाउनका कारण समस्यामा परेका मजदुर तथा विपन्न परिवारलाई राहत वितरणका लागि खाद्यान्न सहयोग नलिने गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेको हो ।

धेरैले खाद्यान्न सहयोग गर्न खाजे पनि सबैतिरबाट संकलन गर्दा गुणस्तरमा एकरुपता नहुने भएकाले तत्कालका लागि खाद्य सहयोग नलिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले बताउनुभयो ।

यस कार्यले गुणस्तरमा एकरुपता आउने र राहतमा भेदभाव नहुने गाउँपालिकाले जनाएको छ । खाद्यान्नको सट्टा स्वास्थ्य सुरक्षा सामग्री वा विपद् व्यवस्थापन कोषमा रकम सहयोग गर्न पालिकाले आग्रह गरेको छ ।

गाउँपालिकाका अनुसार राहत पाउनेको सूची तयार भइसकेको छ । पालिकाभर करिब ४ सय घरधुरी छन् । परिवार सङ्ख्याको आधारमा राहतको प्याकेज घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत जीवन आलेमगरले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology