Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखाको तिर्पाङडाँडामा भीरबाट लडेर युवकको मृत्यु : घटनास्थल तर्फ प्रहरी र स्थानीय जाँदै


3.1K
Shares

गोरखाको तिर्पाङडाँडामा भीरबाट लडेर युवकको मृत्यु : घटनास्थल तर्फ प्रहरी र स्थानीय जाँदै

गोरखा २, बैशाख । गोरखाको धार्चे गाउँपालिका–१ तिर्पाङडाँडामा एक युवकको भीरबाट लडेर आज मृत्यु भएको छ । जंगलमा शिकार खेल्न गएका चुमनुव्री गाउँपालिका–३ देवलका ३० बर्षिया कान्छा गुरुङको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

शिकार खेल्न घरबाट २ दिन टाढाको जंगलमा गएका गुरुङको लडेर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष रामकुमार गुरुङले जानकारी दिनुभयो । ‘मृतक गुरुङको साथमा अन्य ५ जना स्थानीय पनि शिकार खेल्न गएका रहेछन्, उहाँले भन्नुभयो, ‘घटनाको जानकारी पाएलगत्तै सिर्दिबास प्रहरी चौकीका प्रहरी र देवल गाउँका ७ जना स्थानीय घटनास्थल तर्फ गएका छन् ।’

घटनास्थल पुग्न २ दिन लाग्ने र फर्कन २ दिन लाग्ने हुदा ४ दिनपछि मात्र घटना बिस्तृत बिबरण प्राप्त हुने उहाँले बताउनुभयो । ‘घटनास्थल वरपर मानवबस्ती समेत छैन, वडाध्यक्ष गरुङले भन्नुभयो, ‘प्रहरी र गाउँलेहरु खाद्यान्न र भाँडाकुँडा बोकेर घटनास्थलतर्फ गएका छन् ।’ घटनास्थल गएका टोलीले जहाँ खानेपानी फेलापर्छ त्यहीँ खाना बनाएर खाने र ओडारमा बास बस्ने जानकारी उहाँले दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology