अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ हजार नाघेको छ । अहिलेसम्म अमेरिकाका ५० वटै राज्यमा गरि २२ हजार १ सय ८ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट अमेरिकामा सबैभन्दा धेरैको ज्यान गएको छ ।
त्यस्तै अमेरिकामा कोरोना संक्रमितको संख्या ५ लाख ६० हजार ३ सय २३ पुगेको छ ।
त्यस्तै अमेरिकामा अहिलेसम्म ३२ हजार ६ सय ३४ जना निको भएका छन् । त्यसैगरी अमेरिकामा ११ हजार ७६६ जनाको आइसीयुमा उपचार भइरहेको छ ।
अमेरिकाको न्युयोर्कमा मात्र ९ हजार ३८५ जनाको मृत्यु भएको छ । त्यस्तै न्यूजर्सीमा २ हजार ३५० जनाको मृत्यु भएको छ भने मिचिगनमा एक हजार ४८७ जनाको ज्यान गएको छ ।
न्युयोर्कमा अहिलेसम्म एक लाख ८९ हजार ४१५ जना संक्रमित भएका छन् । त्यस्तै न्यूजर्सीमा ६१ हजार ८५० जना संक्रमित भएका छन् ।